Dental Care Guide

Important aftercare instructions and oral health guidance provided by Esthera Dental Studio for safe healing, faster recovery, and long-term dental health.

Tooth Extraction Aftercare

दाँत निकालिसकेपछिका निर्देशनहरू

English

  • Bite firmly on the gauze for 30–45 minutes after extraction.
  • Avoid spitting, rinsing, smoking, or using straws for 24 hours.
  • Mild bleeding and discomfort are normal for the first day.
  • Take prescribed medications as directed.
  • Eat soft and cool foods for the first 24 hours.
  • Avoid hard, spicy, or very hot foods.
  • Apply cold compression externally to reduce swelling.
  • Maintain oral hygiene carefully while avoiding the extraction area.
  • Contact the clinic if you experience severe pain, excessive bleeding, swelling, or fever.

नेपाली

  • दाँत निकालेपछि ३०–४५ मिनेटसम्म गजामा राम्ररी टोकिराख्नुहोस्।
  • २४ घण्टासम्म कुल्ला गर्ने, थुक्ने, स्ट्र प्रयोग गर्ने वा धूम्रपान नगर्नुहोस्।
  • पहिलो दिन हल्का रगत आउने तथा दुखाइ हुनु सामान्य हो।
  • चिकित्सकले दिएको औषधि नियमित सेवन गर्नुहोस्।
  • पहिलो २४ घण्टा नरम तथा चिसो खाना खानुहोस्।
  • धेरै तातो, मसलेदार वा कडा खाना नखानुहोस्।
  • सुन्निने कम गर्न बाहिरबाट चिसो सेक गर्न सकिन्छ।
  • दाँत निकालेको ठाउँ बचाउँदै मुख सफा राख्नुहोस्।
  • अत्यधिक रगत बगेमा, धेरै दुखाइ, ज्वरो वा बढी सुन्निएमा तुरुन्त क्लिनिकमा सम्पर्क गर्नुहोस्।

Root Canal Treatment Aftercare

रुट क्यानल उपचारपछिका निर्देशनहरू

English

  • Avoid chewing on the treated tooth until the permanent restoration is placed.
  • Mild tenderness for a few days is normal.
  • Take medications as prescribed.
  • Maintain proper oral hygiene.
  • Attend follow-up appointments if advised.

नेपाली

  • स्थायी फिलिङ वा क्राउन नराखेसम्म उपचार गरिएको दाँतमा चपाउनु हुँदैन।
  • केही दिन हल्का दुखाइ वा संवेदनशीलता सामान्य हो।
  • चिकित्सकले दिएको औषधि नियमित सेवन गर्नुहोस्।
  • मुखको सरसफाइ राम्रोसँग कायम राख्नुहोस्।
  • चिकित्सकले दिएको फलोअप समयमा अवश्य आउनुहोस्।

Scaling & Polishing Aftercare

दाँत सफा गरेपछिका निर्देशनहरू

English

  • Mild sensitivity after cleaning is temporary and common.
  • Avoid extremely hot or cold foods if sensitivity occurs.
  • Maintain regular brushing and flossing habits.
  • Follow proper gum care instructions.

नेपाली

  • दाँत सफा गरेपछि हल्का सिरिङ्ग हुने समस्या सामान्य तथा अस्थायी हो।
  • धेरै तातो वा धेरै चिसो खानेकुरा केही समय नखानुहोस्।
  • नियमित ब्रस तथा फ्लस गर्नुहोस्।
  • गिजाको उचित हेरचाह गर्नुहोस्।

Dental Implant Care

डेन्टल इम्प्लान्टपछिका निर्देशनहरू

English

  • Take all medications as prescribed.
  • Avoid smoking and alcohol during healing.
  • Maintain excellent oral hygiene around the implant area.
  • Avoid chewing hard foods initially.
  • Attend regular follow-up visits.

नेपाली

  • चिकित्सकले दिएको औषधि नियमित सेवन गर्नुहोस्।
  • निको हुने अवधिमा धूम्रपान तथा मदिरा सेवन नगर्नुहोस्।
  • इम्प्लान्ट वरिपरि राम्रोसँग सफा राख्नुहोस्।
  • सुरुका दिनहरूमा कडा खानेकुरा नचपाउनुहोस्।
  • नियमित फलोअपमा आउनुहोस्।

Denture Care Instructions

कृत्रिम दाँत (Denture) को हेरचाह

English

  • Clean your denture daily using a soft brush and denture cleanser.
  • Remove dentures while sleeping unless advised otherwise.
  • Handle dentures carefully to avoid breakage.
  • Rinse dentures after meals.
  • Visit the dentist if the denture feels loose or causes sores.

नेपाली

  • कृत्रिम दाँतलाई दैनिक नरम ब्रस तथा डेन्टुर क्लिनरले सफा गर्नुहोस्।
  • चिकित्सकले फरक निर्देशन नदिएसम्म सुत्दा डेन्टुर निकाल्नुहोस्।
  • डेन्टुर फुट्न नदिन सावधानीपूर्वक प्रयोग गर्नुहोस्।
  • खाना खाएपछि डेन्टुर सफा पानीले धुनुहोस्।
  • डेन्टुर खुकुलो भएमा वा घाउ बनाएमा चिकित्सकसँग सम्पर्क गर्नुहोस्।

Orthodontic Care Instructions

ब्रेसेस/अर्थोडोन्टिक उपचारका निर्देशनहरू

English

  • Brush properly around brackets and wires after every meal.
  • Avoid sticky, hard, or chewy foods.
  • Wear elastics or appliances as instructed.
  • Mild discomfort after adjustment is normal.
  • Attend regular orthodontic appointments.

नेपाली

  • प्रत्येक खाना पछि ब्रेसेस वरिपरि राम्रोसँग ब्रस गर्नुहोस्।
  • टाँसिने, कडा तथा धेरै चपाउनुपर्ने खानेकुरा नखानुहोस्।
  • चिकित्सकले भनेअनुसार इलास्टिक वा अन्य उपकरण प्रयोग गर्नुहोस्।
  • ब्रेसेस कसिएको पछि हल्का दुखाइ सामान्य हो।
  • नियमित अर्थोडोन्टिक फलोअपमा आउनुहोस्।